Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

एक नम्बर प्रदेशको कोशी नाम खारेज गरि पुन नामकरण गराउन जारी आन्दोलनलाई किराँत सेवा समाज र किराँत याक्थुङ चुम्लुङ सहित १४ वटा संघसंस्थाको ऐक्यबद्धता

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्यौपाने


प्रदेश न.१ को कोशी प्रदेश नामाकरण पछाडी पहिचानको आन्दोलन चर्कीएको छ।उक्त आन्दोलन कोशी प्रदेशमा मात्र सिमित छैन।पहिचानवादी आन्दोलनले पुन: देशभर यतिबेला तरङ्गीत बनाएको छ।


यसै सन्दर्भमा आज पोखरामा पहिचानवादीहरूले पत्रकार सम्मेलन मार्फत एकिबद्धता जनाएका छन।किराँत सेवा समाज र किराँत याक्थुङ चुम्लुङको आयोजनामा कास्कीमा क्रियाशिल १४ वटा आदीवासी जनजाती संघसंस्थाहरूले प्रदेश न.१ मा भएको पहिचानको आन्दोलन प्रति समर्थन तथा एकिवद्धता जनाएका छन।पत्रकार सम्मेलन मार्फत ‘कोशी प्रदेश’ नाम खारेजको माग गरेका छन।


पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ,गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष धर्म बहादुर गुरूङ्गले पहिचान पक्षमा प्रदेश न.१ मा भएको आन्दोलन प्रति एकिबद्धता जनाउनु भयो।गुरूङ्गले भन्नुभयो,पहिचान पक्षधरहरू एकिकृत मानसिकता साथ एकताबद्ध हुदै पहिचानको आन्दोलन सहभागी हुन अपिल पनि गर्नु भयो।


कार्यक्रममा लाेकान्तर अभियानका अभियन्ता एवं नेपाल तामाङ घेदुङ पूर्व केन्द्रीय अध्यक्ष धन प्रसाद तामाङले पत्रकार सम्मेलन मार्फत एकिबद्धता जनाउदै सबै व्यक्तिकाे राजनैतिक आस्था र विचार जे जता भएपनि यस बिषयमा एक हुनुपर्ने कुरामा जोड दिए।


उक्त पत्रकार सम्मेलन,किराँत सेवा समाजका अध्यक्ष दिपेन्द्र राईले किराँतहरूको पहिचान र अहिले पुर्वमा चलिरहेको आन्दोलन बारे अवगत गराएका थिए भने स्वागत मन्तब्य किराँत याक्थुङ चुम्लुङ कास्कीका अध्यक्ष धन बहादुर थेबेले गरेका थिए।पत्रकार सम्मेलनको संचालन किराँत सेवा समाजका सचिव दिनेश सुब्बाले गरेका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist