✍️ अजय क्षेत्री
पोखरा–असोज २, पोखरा–१७, छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले उत्कृष्टताको प्रमाण–पत्र तथा नगद पुरस्कार प्राप्त गरेको छ ।
शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशद्वारा राष्ट्रिय शिक्षा दिवस–२०८१ को पावन अवसरमा सामुदायिक क्याम्पस तर्फ उत्कृष्ट क्याम्पसको रुपमा उक्त प्रमाण–पत्र एवम् नगद पुरस्कार प्रदान गरिएको हो ।
पोखरामा भएको उक्त कार्यक्रमका विच प्रमुख अतिथि रहनु भएका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दुकुमार थापाले क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराललाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठान, पोखरामा भएको उक्त कार्यक्रम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रदेश सचिव प्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।