Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको जिल्ला अधिवेशन आगामी चैत्र अन्तिम सातामा

Share on facebook
Share on twitter
Share on linkedin

✍️सुजन आचार्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको जिल्ला अधिवेशन आगामी चैत्र अन्तिम सातामा हुने भएको छ ।


जिल्ला कमिटि बागलुङको नवौँ पूर्ण बैठकले आगामी चैत्र २९ र ३० गते १० औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।


सोमबार पत्रकार सम्मेलन मार्फत बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि बागलुङका अध्यक्ष हिरा बहादुर केसीले सम्मेलनको लागि विभिन्न उपसमिति गठन गरिएको बताए ।


बैठकले हिरा बहादुर केसीको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, लक्ष्मण पुनको संयोजकत्वमा जन परिचालन, विष्णु प्रसाद भुसालको संयोजकत्वमा आर्थिक व्यवस्थापन, गणेश बहादुर थापा मगरको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापम उपसमिति गठन गरेको छ ।


रुद्र महतको संयोजकत्वमा खाद्य र आवास, बाबुलाल शाक्यको संयोजकत्वमा हल मञ्च व्यवस्थापन, सम्पन्न श्रेष्ठको संयोजकत्वमा स्वयम सेवक, हुमा खड्काको संयोजकत्वमा अतिथि सत्कार, सरस्वति खड्का परियारको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरेको छ ।


जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि पालिका कमिटिको बैठक गर्ने निर्णय गरेको छ ।


यहि माघ १० गते बागलुङ नगरपालिका, ११ गते जैमिनी नगरपालिका, १३ गते काठेखोला गाउँपालिका, १४ गते बरेङ गाउँपालिका, १५ गते निसीखोला गाउँपालिकाको बैठक गर्ने निर्णय गरेको छ ।


त्यस्तै १६ गते ढोरपाटन नगरपालिका, १७ गते तमानखोला गाउँपालिका, १८ गते बडिगाड गाउँपालिका, १९ गते गलको नगरपालिका र २० गते ताराखोला गाउँ कमिटिको बैठक गर्ने निर्णय गरेको छ ।


बैठकले पार्टीको आन्तरिक लेखा परीक्षण गर्नका लागि बागलुङ नगरपालिका वडा न. ३ का सूर्य प्रसाद उपाध्यायलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।


अधिवेशन सम्पन्न गर्नको लागि प्रतिनिधिहरुबाट एक हजार ५ सय रुपैयाँ, र सबै पार्टी सदस्यहरुबाट एक सय रुपैयाँका दरले आर्थिक दायत्व निर्धारण गरिएको अध्यक्ष केसीले बताए ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist