पोखरा महानगरपालिका वडा नं १७ पाल्पाली मार्ग अवस्थित हेवन्ली गार्डेन मन्टेशवरीले पोखराकै नमुना मन्टेशवरीको रुपमा नयाँ भवन निर्माण गर्ने भएको छ l
मन्टेशवरीको नयाँ भवन साढे ५ रोपनी क्षेत्रफ़लमा पोखरा महानगरपालिका वोडा नं १७ बालोदय मार्गमा रहेको छ l भौतिक संरचनामा मात्रै नभई गुणस्तरीय व्यावहारिक शिक्षामा आफूहरुको जोड रहेको मन्टेशवरीका संचालक सफल सुबेदीले बताएका छन् l
विद्यार्थीलाई पढाउने भन्दा पनि उसको सिक्ने तरिका कुन हो भन्ने पत्ता लगाएर सिकाइने संचालक रिता देवी सुबेदीले बताउनु भएको छ l पोखराकै उच्च सुबिधा, बालमैत्री बातावरण र प्रयाप्त खेल मैदान सहित डिजाइनको काम अगाडी बढिरहेको टु एरवोज आर्किटेक्टका संचालक प्रधुन्न अधिकारीले बताएका छन् l
आफ्नो बाबुनानिहरु मन्टेशवरीमा के गर्दै छन् भन्ने कुरा अभिभावकले प्रस्ट रुपमा प्रतक्ष्य हेर्न मिल्ने सुबिधा समते रहेको जानकारी र छिटै 3D डिजाइन पानी सार्वजनिक गर्ने संचालक भवदत्ता सुबेदीले बताएका छन् l