पोखरा महानगरपालिका वडा नम्बर–४ मा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । स्वास्थ शिविरमा २६४ जनाले लाभ लिएका सहरी स्वास्थ्य केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वडा का नागरिकका लागि स्वास्थयका क्षेत्रमा उत्तरदायित्व वहन गर्दै । नागरिकको स्वास्थका लागि हामी सधै तत्पर रहने र यस्ता खालका कार्यक्रमहरु निशुल्क रुपमा गराउदै आईरहेको पनि उनले बताए ।
वडाध्यक्ष पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पश्चिमाञ्चल डाइग्लोस्कि का अध्यक्ष पुरुषोत्तम सुवेदी, समृद्धि फाईनान्सका शाखा प्रमुख नारायण भट्टराई को उपस्थित रहेको थियो ।
समृद्धि फाइनान्स को आयोजना पोखरा महानगरपालिका वडा नम्बर-४ को विशेष सहयोग तथा पश्चिमाञ्चल डाइग्लोस्किको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो ।