Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
Next
Prev

माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन: मोसेस कुमाल र विनिता घर्तीमगर

Share on facebook
Share on twitter
Share on linkedin

कास्कीको ढुंगेसाँघुमा आयोजित २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपमा मोसेस कुमाल र विनिता घर्तीमगरले च्याम्पियनको उपाधि जितेका छन्। क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै पुरुष तर्फको उपाधि जिते। त्यस्तै, महिला तर्फ विनिताले म्याग्दीकी दीक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन्।


विभिन्न तौल समूहका नतिजा:


पुरुष ४० केजी: कास्कीका सत्कार प्रतेल पहिलो, सयम कुमाल दोस्रो, सर्लाहीका प्रेम साह र बाग्लुङका रक्यान मगर तेस्रो।


पुरुष ४५ केजी: जनकपुरका अरमान साफीले स्वर्ण, कास्कीका रिजन मगरले रजत, बाग्लुङका असिम सारुमगर र सर्लाहीका समीर भुजेलले कास्य।


पुरुष ५० केजी: सर्लाहीका रेशम दर्लामी मगरले स्वर्ण, जनकपुरका मोहम्मद अफताफ खानले रजत, कास्कीका रविन गौतम र काठमाडौंका राज भुजेलले कास्य।


पुरुष ५५ केजी: सर्लाहीका सविन वाईबाले स्वर्ण, बाग्लुङका नारायण विकले रजत, पर्साका ओमप्रकाश चौधरी र कास्कीका साजन नेपालीले कास्य।


महिला ४० केजी: कास्कीकी अनुष्का विकले स्वर्ण, सर्लाहीकी रश्मी चौधरीले रजत, बाग्लुङकी ईरप्सा छन्त्याल र सर्लाहीकी आकृति चौधरीले कास्य।


महिला ४५ केजी: कास्कीकी ध्वजकुमारी नेपालीले स्वर्ण, सर्लाहीकी आकृति विकले रजत, कास्कीकी तृप्ती चापागाँई र पर्साकी आस्था चौधरीले कास्य।


महिला ५० केजी: सर्लाहीकी भावना बुढाथोकीले स्वर्ण, आयुषा विकले रजत, कास्कीकी तृषा गुरुङ र साया गुरुङले कास्य।


उत्कृष्ट खेलाडी:
पुरुष तर्फ सविन वाईबा र महिला तर्फ विनिता घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए। विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार प्रदान गरे।


नेपाल क्योकुशिनकान कराते संघका सरक्षक र अन्तर्राष्ट्रिय खेलाडी दीपक बहादुरले पोखरामा सम्पन्न भएको वार्षिक मेलामा खेलाडी उत्पादनको महत्वका साथै यसलाई मुख्य आकर्षक बनाउने कुरा जनाए। मेयर धनराज आचार्यले हरेक वर्ष आयोजना हुने यस मेलालाई राष्ट्रिय चाडका रुपमा क्यालेन्डरमा राखिने घोषणा गरे।


कार्यक्रममा विशेष अतिथी वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाले पोखरा केवल पर्यटनको राजधानी मात्रै नभइ खेलकुदको राजधानी पनि बनिरहेको बताएका छन्। यस्तै, स्वास्थ्यकर्मी साइकिलिङ्ग संघका अध्यक्ष शंकर भनडारीको विशेष पहलमा खेलकुदका क्रममा चोटपटक लागेमा उपचारको जिम्मा पनि उठाइएको थियो।


कार्यक्रमको संचालन रास्ट्रिय खेलाडी सुबास खडका ले गरेका थिए।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist