देशको राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय मासिकले फागुन २०८१ को अंकलाई कोटिहोम विशेषाङ्कको रुपमा प्रकाशित गरेको थियो | लगत्तै चैतमा पनि २०८१ वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ र वैशाख २०८२ को अंकलाई पनि कोटिहोम महायज्ञ विशेषाङ्कको रुपमा यसैसाता अग्निचक्रले प्रकाशित गरेको छ |
पोखरामा यही वैशाख १७ गतेदेखि आउदो जेठ २६ गतेसम्म भैरहेको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित भैसकेको छ । जसलाई हामीले अघिल्लो महिनामै यहाँ समाचार राखेका थियौं |
गताङ्कमा हामीले अग्निचक्रमा प्रकाशित सामाग्री राख्दा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित भएको इमेज राखेका थियौं | पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको अग्निचक्रका विशेष-अङ्कहरुमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाहरुको पनि कोटिहोम सफलताको कामना गर्दै शुभकामना छापिएको छ ।
राष्ट्र्गुरु-बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटामा अहिले सभ्यभव्य रुपमा धमाधम भैरहेको छ । गण्डकी प्रदेशका सबै माननीयहरु, वडाअध्यक्षहरु लगायत आम पोखरेलीहरुको शुभकामना कोटिहोमले पाएको प्रमाण अग्निचक्रले दिएको छ | जसको ओरिजिनल PDF (पीडीएफ) फाइल आज यहाँ प्रस्तुत गरेका छौं |
गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो । त्यतिबेलाका हामीले बनाएका अग्निचक्रका पेजहरुको फोटो र समाचारको लिंक आज पनि यहाँ हेर्न मिल्ने गरी राखेका छौं | धार्मिक भावनाले युक्त, सात्विक एवं स्वच्छ छविको चिनारी पाएका वरिष्ठ पत्रकार लक्ष्मीनारायण भट्टराई सम्पादक/प्रकाशक तथा संस्थापक रहनु भएको अग्निचक्रको ३ वटै विशेष-अङ्कका सामाग्रीहरुलाई यहाँ लिंक र पीडीएफ राखेका छौँ :—–
https://samanantarmedia.com/प्रम-ओलीको-शुभकामना-छापि अग्निचक्र मासिक “फागुन-२०८१” को कोटिहोम विशेषाङ्क ,
https://samanantarmedia.com/बालयोगेश्वरले-संकल्प-गरे अग्निचक्र मासिक “चैत-२०८१” को कोटिहोम विशेषाङ्क