Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा प्राथमिताका साथ उठाउछु:सांसद गुरुङ

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
कास्की नेत्रहिन संघले अपाङ्गता भएका महिलालाई कानूनी सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, प्रविधिमा पहुँच र उनीहरूको सशक्तीकरणका लागि गोष्ठी आयोजना गरेको थियो ।


संघले ११४ ओैँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघले यस्तो कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रीय सदस्य तथा साहारा आधारभूत् विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिवक्ता भूवन पराजुलीले सहजीकरण गरेका थिए ।


सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफूले अपाङ्गताका मुद्दालाई आगामी दिनहरूमा पनि आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम बन्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् यसअघि पनि पटक-पटक महिला तथा अपाङ्गताको आवाज संसदमा उठाईरखेकि छिन ।


प्रेस चौतरी कास्कीका पूर्व अध्यक्ष श्याम कुँवरले आफ्ना कलममार्फत नेत्रहीन संघ कास्कीलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सघाउने प्रतिवद्धता जनाए ।


संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा ३२ जना अपाङ्गता भएका महिला सहभागी थिए ।
कार्यक्रम सञ्चालन संघकी उपाध्यक्ष सुनिता ज्ञवालीले गरेकी थिइन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist