Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • खेलकुद
  • खेलकुद
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

अरण्यज्योति र पेलिकेण्ट्स तनहुँ अरण्यज्योति कपको फाइनलमा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विनाेद लामिछाने
पोखरा,आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।


पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे । साँग्रिलाका बलरहरु आदर्श झा र कृष्ण कार्कीले समान २ विकेट लिए ।


जितका लागि १ सय ५ रनको लक्ष्य पाएको साँग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन बनायो । साँग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतीका बलरहरु अब्दुल मियाले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए । खेलमा राउटेला म्यान अफ द म्याच भए ।


अर्को सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ७ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बाग्लुङको तर्फबाट म्यान अफ द म्याच प्रतिक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बाग्लुङले पुरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बाग्लुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए । तनहुँका बलरहरु कमल परियारले ३ तथा चन्द्रकान्त पौडेल, प्रतिक श्रेष्ठ र सन्दिप पराजुलीले समान २ विकेट लिए । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist