Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

अस्वस्थ रहँदा रहँदै पनि चुनावी अभियानलाई तिव्रता : गाेकर्ण कार्की

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् ।


कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए ।


उद्योगि तथा व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै कार्कीलाई अन्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुले समेत साथ दिने भएका छन् ।
उनीहरुले समेत गुट–उपगुट छाडेर स्वतन्त्र हिडेको व्यक्तिले भोलिका दिनमा समेत स्वतन्त्र भई सबैको लागि काम गर्ने भएकाले साथ दिएको बताए ।


कार्कीले आफुले संघको नेतृत्वका लागि आफ्नो उद्योग व्यवसायको सम्पूर्ण जिम्मेवारी श्रीमती, छोरा र बुहारीलाई दिएको सुनाए ।


नेतृत्वमा रहँदा व्यवसायतर्फ ध्यान दिदौँ काम गर्न कठिन हुनेभएकाले नेतृत्वको कार्यकालसम्म आफु आम उद्योगी र व्यवसायीको लागि काम गर्ने समेत बताए । कार्की हाल संघका वरिष्ठ उपाध्यक्ष समेत हुन । डेंगी लागि केही समय अस्पताल बसेका उनी अझै पुर्णरुपमा स्वस्थ हुन सकिरहेका छैनन् । उनले घरदैलो कार्यक्रम गर्न नसकेपनि फोन, एसएमएस लगायत विभिन्न सामाजिक सञ्जालबाटै समग्र व्यवसायि माझ पुगिरहेका छन् ।



आफुलाई अत्याधिक मत दिई यस अघिका झै नेतृत्व तहमा पुगि काम गर्ने अवसर दिन समेत अनुरोध गरे । यस्तै आज नै कार्कीले सर्वेश्वर मार्ग पन्थी गल्लिका व्यवसायीहरुसँग समेत भेटघाट गरेका छन् । अस्वस्थ रहँदा रहँदै पनि उनी अहिले चुनावी अभियानलाई तिव्र बनाएका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist