आँबुखैरेनी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन-२०८१ का लागि उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ। आगामी निर्वाचनमा विभिन्न पदहरूमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको सूची निम्नानुसार रहेको छ।
↘️प्रत्यक्ष तर्फका उम्मेदवारहरू
अध्यक्ष: बोनिस अधिकारी सचिव: किस्ता श्रेष्ठ कोषाध्यक्ष: अविनाश थापा सदस्यहरू: स्मारिका शाह,सोनाम गुरुङ,निशा अधिकारी
↘️समानुपातिक तर्फका उम्मेदवारहरू
सन्जित श्रेष्ठ,विपिन कुमार शाह,ओम थापा,कैलाश थापा,रमन आले
यस निर्वाचनका लागि उम्मेदवारहरूले आ-आफ्ना एजेन्डा प्रस्तुत गर्दै चुनावी तयारीलाई तीव्रता दिइरहेका छन्। विद्यार्थीहरूको हकहितको पक्षमा कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता उम्मेदवारहरूले व्यक्त गरेका छन्। निर्वाचनको मिति र अन्य विवरणहरू चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।