Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

आज संसदका दुवै बैकठ बस्दै, यस्ता छन् कार्यसूची

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, ११ जेठ


संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्नेछ ।


बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ ।


राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्ने र पारितका लागि पनि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


यसैगरी सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।


सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।


त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ ।


साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा समेटिएको छ ।


सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । समिति गठनबारे सहमति नजुटेकोले आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने सम्भावना छ । यद्यपि पछिल्लो समय कांग्रेसको नाराबाजीबिच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist