Sunday, April 13, 2025

आजको मिति: २०८१ चैत्र ३० ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा-गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् ।



मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे ।“आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारी मात्र होइन। सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं।”, उनले भने ।



मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक कठिनाई, मानसिक स्वास्थ्य समस्या जस्ता विषयहरूलाई औंल्याए । उनका अनुसार यस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।विद्यालयमा मनोसामाजिक परामर्शदाताको व्यवस्था, युवाहरूलाई सीप विकास तालिममार्फत रोजगारीको अवसर, सचेतनामूलक कार्यक्रमहरूको विस्तार तथा मानसिक स्वास्थ्यको संरक्षणजस्ता गण्डकी प्रदेश सरकारको पहलहरूलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।“सबल प्रदेश, स्वस्थ नागरिक र समावेशी समाज निर्माण हाम्रो लक्ष्य हो ।”, उनले भने ।



कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र खड्काले गण्डकी प्रदेशमा आत्महत्याको अवस्थाका बारेमा चर्चा गरेका थिए भने गण्डकी प्रदेशको  सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव मुना अधिकारीले आत्महत्या रोकथाम सम्बन्धी नीति, कार्यक्रम र यसको स्थितिका बारेमा जानकारी गराइन् ।



कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूबीच भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्नेसम्बन्धी छलफलसमेत गरिएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

पोखरामा नयाँ वर्ष संगीतसँगै

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist