Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड होः प्रदेश सभापति शर्मा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ बल मगर
पोखराः  नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाल आदिवासी जनजाति समुदाय कांग्रेसको मेरुदण्ड भएको बताएका छन् ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति गण्डकी प्रदेश समितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।



‘कांग्रेस र जनजाति कुनै पृथक चिज होइन्, अलग होइनन्, कांग्रेस जनजाति हो, जनजाति भनेको कांग्रेस हो, कांग्रेस र जनजातिको सम्बन्ध नङ र मासुको जस्तै छ’, सभापति शर्माले भने, ‘ २००७ सालको आन्दोलन सुरु गर्दा धेरै जनजातिहरु इन्डियन,बिट्रिस आर्मीमा भर्ना भएका थिए उनीहरुलाई जोडेर मुक्ति सेना निर्माण गरेर उनीहरुलाई अगाडि सारेर २००७ सालको आन्दोलनको प्रारम्भ भएको हो, त्यसैले आदिवासी जनजाति कांग्रेसको मेरुदण्ड हो ।’
प्रदेश सभापति शर्माले कांग्रेस लोकतन्त्र, प्रजातान्त्रिक पार्टी भएकाले गलत गर्ने नेताको खुलेर विरोध गरेपनि पार्टीको निर्देशनमा चल्दै आएको दावी समेत गरे ।



गण्डकी प्रदेशका अर्थमन्त्री एवम् नेपाली काग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अन्य भातृसंगठनले महाधिवेशन गर्न नसक्दा समयमा नै महाधिवेशन गरेर पार्टीलाई सन्देश दिएको बताए ।  



‘संगठन निर्माण र विस्तारमा हामीले धेरै चुनौतीको सामना गर्दै आएका छौं, यो अवस्थामा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले तोकेकै समयमा महाधिवेशन गरेर पार्टीलाई सन्देश समेत दिएको छ, गुरुङले भने, ‘यस महासंघले नेपाली कांग्रेसको अन्य भातृसंगठनलाई समेत समयमा नै महाधिवेशन गरेर पार्टीलाई थप बलियो बनाउन समेत सन्देश दिएको छ ।’



कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्ति मगरले आदिवासी जनजातिका लागि पार्टीमा १७ बुँदे माग समेत राखेको बताए ।



‘ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति केन्द्रिय महासंघले काठमाडौंमा दुई दिन प्रशिक्षण कार्यक्रम राखेको थियो,  त्यस कार्यक्रमबाट हामीले आदिवासी जनजाति समुदायको लागि१७ बुँदे माग पार्टीमा राखेका छौं’, घर्तिले भने, ‘हामीले राखेको १७ बुँदे मागमा पार्टी सभापति देखि महामन्त्रीद्धयसँग समेत छलफल गरेका छौं, हामीले द्धन्द्ध पनि मेटिने र पहिचान भेटिने गरी पार्टीमा माग राखेको छौं ।’



कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघमा केन्द्रिय समिति र जिल्ला समितिलाई सम्मान र नवनिर्वाचित गण्डकी प्रदेश समितिलाई पदस्थापन समेत गरिएको थियो ।



कार्यक्रम नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष जीबहादुर गुरुङको अध्यक्षता र सचिव बुद्धिबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist