राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बढ्दो ‘नेता–मुखी संस्कार’ र आलोचकहरूमाथि गरिएको मिडिया ट्रायल अस्वीकार्य भएको भन्दै एक नेताले पार्टी परित्याग गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत् पार्टी नेतृत्वप्रति कडा आक्रोश व्यक्त गर्दै भनेका छन्,
“कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति थपिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था अस्वीकार्य छ। आलोचना गर्नेहरूमाथि उल्टै मिडिया ट्रायल गर्ने प्रचलन सुरु भएपछि म खुलेर विरोध गर्दै आएको थिएँ तर त्यसले कुनै फरक पारेन।”

पार्टीलाई देशभन्दा माथि र नेतालाई पार्टीभन्दा माथि राख्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै उनले अन्ततः ‘I QUIT’ घोषणा गरेका छन्।
सो अवसरमा उनले कांग्रेस र एमालेका तेस्रो पुस्ताका नेताहरूलाई पनि आत्ममन्थन गर्न आग्रह गरेका छन्।
उनले भने, “आजको दिनको परिस्थिति आउनुमा तपाईंहरूको नेतृत्वको कमजोर बहेराको ठुलो भूमिका छ। आफ्ना नेताहरूलाई पूजा गर्ने संस्कार बन्द गर्न जरुरी छ— कि हटाउनुहोस्, कि हट्नुहोस्।”