Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

आवेशमा आएर ‘मा’र्छु’ भन्ने अभिव्यक्तिका लागि भ्लगर रतन कार्कीले सर्वसाधारणसँग माफी मागे

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री 
लोकप्रिय भ्लगर रतन कार्कीले आफ्नो पछिल्लो अभिव्यक्तिका कारण उत्पन्न विवादबारे माफी मागेका छन्। दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भएको फुटबल खेलमा नेपाल हारतर्फ उन्मुख देखिएपछि आफूलाई भावनात्मक रूपमा नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै उनले “मा’र्छु” भन्ने शब्द प्रयोग गरेकोमा पछुतो व्यक्त गरेका छन्।


उनको यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित रहेको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरे। तर रतन कार्कीले आफ्नो अभिव्यक्तिमा ओलीको नाम लिएका छैनन्, न त उनको अनुहार देखाइएको छ। भिडिओमा मात्र पृष्ठभूमिमा दशरथ रंगशालामा भइरहेको खेलको दृश्य देख्न सकिन्छ, जसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए।


सामाजिक सञ्जालमा यो घटनाले ठूलो चर्चा पाएको छ। केही प्रयोगकर्ताले कार्कीको आलोचना गरे पनि उनका समर्थकहरूले भने उनले कुनै व्यक्ति विशेषलाई लक्षित नगरेको भन्दै समर्थन जनाएका छन्। रतनले आगामी दिनमा शब्द चयनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist