नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक इ-सेवा ले आफ्नो १६औं वार्षिकोत्सव मनाइरहेको छ। “हाम्रो Cash र Wallet बोक्ने बानी बिर्साउने” नाराका साथ इ-सेवाले नेपालीहरूको दैनिक जीवनमा डिजिटल परिवर्तन ल्याएको छ।
इ-सेवाले खुद्रा पैसा बोक्नुपर्ने झन्झट हटाउँदै, पाकेटमारबाट बचाउँदै, रिचार्ज कार्डको आवश्यकता अन्त्य गर्दै, सरकारी कार्यालयका बिल तिर्न घण्टौं लाममा बस्नुपर्ने समस्या समाधान गरेको छ। सरल, छिटो र सुरक्षित डिजिटल भुक्तानी प्रणाली प्रदान गर्दै इ-सेवा नेपाली समाजमा डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बन्न सफल भएको छ।
१६ वर्षको सफल यात्राका लागि इ-सेवालाई शुभकामना! डिजिटल भविष्य निर्माणमा यसले अझ धेरै योगदान पुर्याउने अपेक्षा गरिएको छ।