Sunday, July 6, 2025

आजको मिति: २०८२ असार २२ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
आम जनता पार्टीको संगठनात्मक बैठक सम्पन्न
Next
Prev

उच्च अदालतका दुईवटा आदेश विरुद्ध पोखरा महानगरको ३२ नम्बर वडा

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा-पोखरा महानगरपालिका वडा नम्बर ३२ को कार्यालय उच्च अदालत पोखराका दुई दुईवटा आदेश  विरुद्ध उभिएको पाईएको छ । सो वडाकी रमा राय थापाको नागरिकता सिफारिस सम्बन्धमा वडा अध्यक्ष अक्कल बहादुर कार्की उच्च अदालतको आदेश विपरित उभिएका हुन् ।


रमाले नागरिकताको सिफारिस लिन जाँदा बाबुको थर राय र आमाको थर थापा भएकोले उनले सिफारिस दिन नमानेको सम्बन्धित पक्षले बताएको छ । रमाका बाबु शैवल राय (राजीव) आमा रुक्मिणी थापा भएकाले सिफारिस दिन आनकानी गरेको आरोप पिडित पक्षले लगाएको छ । उच्च अदालत पोखराले २०८० असार १९ गते रमा रायलाई आमा रुक्मिणी थापाको नामबाट नागरिकता दिनु भनेर फैसला गरेको थियो । उच्च अदालत पोखराका न्यायधीश उज्वल शुक्ल र ऋषि राजभण्डारीको सँयुक्त ईजलासले उक्त आदेश दिएको थियो ।



सो आदेशका विरुद्ध पुन परेको पुनरावेदनप्रति फेरी माघ २३ गते निर्मला पौडेल भट्टराई र उमेश कोईरालाको ईजलासले असारकै आदेशलाई सदर गर्दै रमालाई आमाको नामबाट नागरिकता दिन आदेश गरेको थियो ।


रमालाई आमाको नामबाट नागरिकता दिन जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले पनि यही असोज ८ गते रमालाई आमाको नामबाट नागरिकता दिन कुनै बाधा नपर्ने राय दिएको थियो ।


उच्च अदालतका दुई दुईवटा आदेश र जिल्ला सरकारी वकिलको कार्यालयले नागरिकताको सिफारिस दिन राय दिएपनि वडा अध्यक्ष कार्कीले भने विभिन्न बहाना बनाएर सिफारिस दिन टार्ने गरेको पिडित पक्षको गुनासो छ । नागरिकताको लागि सिफारिस लिन पटक पटक जाँदा पनि आलटाल गरेकोले पिडित पक्ष आक्रोशित बनेको छ । कार्कीले दिएको हैरानीका कारण केही समय अघि वडा कार्यालयमा झडप समेत भएको थियो ।


तर वडा अध्यक्ष कार्कीले भने बाबुको ३ पुस्ते भएतापनि र आमाको थर थापा भएको तथा छोरीको थर राय भएकाले सिफारिस दिन नमिलेको तर्क गरेका छन् । ‘छोरीको थर राय छ आमाको थर थापा छ, अब कसरी आमाको नामबाट नागरिकताको सिफारिस दिन मिल्छ त ?’ उनले प्रश्न गरे ।


सरकारकी कामकाजको लागि रमालाई तत्काल नागरिकताको आवश्यकता छ । नागरिकता नभई कुनै पनि सरकारी कामकाज र सेवा सुबिधा नपाईने भएकोले उनी आफ्नै देशमा पनि अनागरिक भएको महसुस गरेकी छिन् । उनका बाबु राजीव विगत २१ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist