✍️ अजय क्षेत्री
पोखरा १४ प्रगति टोल विकास संस्थाले आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता स्थानिय मनिसा पुन विजयी भएकी छिन ।
उनले ५ हजार पाँच नगदसहित प्रमाण पत्र प्राप्त गरिन । द्वितीय हुने मन्जु गुरुङले ३हजार पाँच नगदसहित प्रमाण पत्र प्राप्त गरिन । तृतीय हुने ममता पाण्डेले २ हजार पाँच नगदसहित प्रमाण पत्र प्राप्त गरिन भने । सान्त्वना हुने सिरु भुजेल ,दिपा खडका, तुलसि श्रेष्ठ ,संगीता पैडेल अधिकारीले १÷१हजार नगदसहित प्रमाण पत्र पाएका थिए ।
बिजेताहरुलाई वडा नम्बर १४ का वडाअध्यक्ष बोध बहादुर कार्की ,टोल बिकास संस्थाका अध्यक्ष मीन बहादुर गुरुङ, सचिव गोविन्द सापकोटा ले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम मा उद्दघाटन वडा अध्यक्ष बोध बहादुर कार्की ले गरेका थिए । कार्यक्रम मा बोल्दै कार्कीले “वडाले मात्रै कार्यक्रम गरे समावेश हुने नभए नहुने भन्ने होइन जसले गरे पनि हुन्छ आज वडा नम्बर १४ कै नमुना कार्यक्रम गरेको छ प्रगति टोलले यस्ता खालका कार्यक्रम हरु गर्दै जानुस वडाबाट हुने साथ सहयोग सधै रहिरने पनि उनले प्रतिवद्दता प्रकट गरे। अर्काको रिस गरेर केहि हुनिवाला छैन । सबै टोल ले प्रगति टोल जस्तै प्रगति गर्नुपर्छ “उनलेभने ” ।
कार्यक्रमका सभापति मीन बहादुर गुरुङले कार्यक्रममा साथ दिने सबैलाई धन्यवाद दिए भने कार्यक्रम को सन्चालन सचिव गोविन्द सापकोटाले गरेका थिए भने प्रतियोगितामा २७ जनाले सहभागीता जनाएका थिए ।