Monday, January 13, 2025

आजको मिति: २०८१ पुष २९ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
पोखरा महोत्सवमा दर्शकको भीड
Next
Prev

एकहाते देवी मन्दिरको सदस्यमा अप्सरा पाैडेल लामिछाने

Share on facebook
Share on twitter
Share on linkedin

कास्की– साविक कृस्ती नाच्ने चौर गा.वि.स. वडा नं. ४ रामदी, हाल पोखरा महानगरपालिका २१, एकहातेमा अवस्थित ऐतिहासिक एकहाते देवी मन्दिरको पहिलो साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ। कार्यक्रममा नयाँ कार्य समिति गठन गर्दै आगामी योजना र व्यवस्थापनको कार्यदिशा तय गरिएको छ।


कार्यक्रमले रोक बहादुर गुरूङलाई अध्यक्ष चयन गर्दै मिना गुरूङ उपाध्यक्ष, समन गुरूङ सचिव, भक्त बहादुर गुरूङ सहसचिव, र दुर्गा बन्धु पौडेल कोषाध्यक्षको जिम्मेवारी दिएको छ। त्यस्तै, गंगा गुरूङ, प्रेम बहादुर बिक, बोधराज बराल, अप्सरा लामिछाने पौडेल, शिव थापा, र चन्द्रा गुरूङ सदस्य पदमा चयन भएका छन्।


१६औं शताब्दीमा स्थापित यो शक्तिपीठको लामो ऐतिहासिक पृष्ठभूमि छ। नुवाकोट राज्यका प्रथम शासक जैत खानका वंशज मतीखानको पालामा स्थापना गरिएको मट्टीखान कालिकाकोटसँग जोडिएको यस मन्दिरले स्थानीय धार्मिक र सांस्कृतिक एकताको केन्द्रको रूपमा महत्वपूर्ण भूमिका खेलेको छ। शारदीय नवरात्र र चैत्र नवरात्रको समयमा यहाँ भक्तजनहरूको ठूलो उपस्थिति रहने गरेको छ।


कार्यक्रमले मन्दिरको संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन, र भविष्यमा सञ्चालन गरिने धार्मिक तथा सामाजिक क्रियाकलापलाई प्रभावकारी बनाउने लक्ष्य तय गरेको छ। साथै, भक्तजनहरूको मनोकामना सिद्ध हुने जनविश्वास रहेको यस शक्तिपीठलाई व्यवस्थित गर्दै थप आकर्षक बनाउन विभिन्न योजना सार्वजनिक गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist