Sunday, December 21, 2025

आजको मिति: २०८२ पुष ६ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

एक्यापद्वारा मादी–३ मा ३ दिने उद्घोषण तालिम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा ३ दिने उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। एक्यापका अनुसार तालिम मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सञ्चालन गरिएको थियो।



तालिममा कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर ३ भित्र रहेर विभिन्न संघ–संस्थामा आबद्ध २० जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई उद्घोषण, सार्वजनिक बोलाइ, आत्मविश्वास अभिवृद्धि तथा प्रभावकारी सञ्चार सीपसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।



तालिमका प्रमुख प्रशिक्षक फ्रिडम ट्रेनिङ सेन्टर प्रा.लि. का बिनोद पहारी रहनुभएको थियो। तालिम समापनपछि प्रशिक्षक पहारीले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई दैनिक जीवन तथा संस्थागत गतिविधिमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले तालिमले प्रशिक्षार्थीहरूमा उल्लेखनीय र आमूल परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुभयो।



तालिम समापन कार्यक्रममा मादी गाउँपालिका अध्यक्ष देविजङ गुरुङलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले यस्ता तालिमले स्थानीयस्तरमा नेतृत्व विकास, प्रभावकारी सञ्चार र सामुदायिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist