Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
Next
Prev

कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान

Share on facebook
Share on twitter
Share on linkedin

कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो ।



प्रािलका अध्यक्ष विमलमान गुभाजुले पहिलो रक्तदाता जितेशमान गुमाजुलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रालिका शेयर सदस्य र कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।
मानव जीवन रक्षाका निम्ती वार्षिकोत्सवमा रक्तदान प्राथमिकतामा परेको अध्यक्ष गुभाजुले बताए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन उनको भनाइ थियो ।


वार्षिकोत्सव अन्तर्गत नै मंगलबार पुरस्कार विरतण लगायतका कार्यक्रम हुने गुभाजुले जानकारी दिए । यो सुरुवात मात्रै हो । आउने दिनमा अरु सामाजिक कामहरु पनि गर्दै जाने हो, उनले भने, कोरोनाका समयमा राहत बाड्ने र आर्थिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो । 



२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा र लेखनाथमा ९ वटा व्यावसायिक फर्म छन् । जसमा पोखराका विभिन्न स्थानमा सुनचाँदीका ९ वटा पसल छन् । यसबाहेक अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर र बेगनास ताल माझिकुनामा बेगनास एक्वा पार्क प्रालि सञ्चालनमा छन् । १७ जना शेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजुले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist