✍️अजय क्षेत्री
तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित हुनुभएको छ ।
फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०८१) अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गर्नुभएको हो ।
मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत हुनुहुन्छ । सम्मानित पछि बोल्नुहुँदै, सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताउनुभयो । उहाँका बारे, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोल्नुभएको थियो ।
उक्त अवसरमा बोल्नुहु््ँदै सभादस्य गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यविनेटबाट पास गरीसकेको सुनाउनुभयो । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाकी रहेको पनि बताउनुहु्ँदै, गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मात्रृ भाषा बोल्दै आएका छन् ।
कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिबासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।
फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिल प्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विना कुमारी थापा मगरले राख्नुभएको थियो भने, सचिव शुशिल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
यस अघि पत्रकारहरु रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बि. आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसक्नुभएको छ ।