चर्चित कलाकार सागर लम्साल ‘बले’ र उनकी पत्नी स्नेहा दंगालले आफ्नो पहिलो सन्तानको प्रतिक्षा गरिरहेका छन्। गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका बलेले अब छिट्टै पितृत्वको अनुभव गर्न लागेका हुन्। पेसाले नर्स रहेकी स्नेहा हाल घरमै आराम गरिरहेकी छिन्, जबकि बले आफ्नो नयाँ चलचित्र ‘लाज शरणम’ को प्रचार-प्रसारमा व्यस्त छन्।
यो खुसीको खबरले बलेका प्रशंसकहरूमा उत्साह थपेको छ। दुवैलाई आगामी पारिवारिक जीवनका लागि हार्दिक शुभकामना।