Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

कहाँ छन् ढाेरपाटनका मेयर देवकुमार नेपाली ?

Share on facebook
Share on twitter
Share on linkedin

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।


उनले प्रयोग गर्दै आइरहेको मोबाइल नम्बर अफ छ भने नगरपालिकाका अन्य जनप्रतिनिधिसँग पनि सम्पर्क नभएको उपप्रमुख धनबहादुर कठायतले जानकारी दिए ।


कठायतका अनुसार नेपालीले ५ गते कार्यवाहकको जिम्मेवारी दिएको चिठ्ठी पठाएका थिए ।स्रोतका अनुसार नेपाली ३ दिनअघिबाटै सम्पर्कमा छैनन् ।


नगर प्रमुख नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले बैशाख ९ गतेबाटै कारोबार बन्द गरेको सूचना जारी गरेको छ ।


पोखरामा समेत शाखा रहेको इमेज सहकारीका सदस्यले आफूहरुले बचत गरेको रकम फिर्ता नपाएपछि शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि पुगेका थिए ।


तर, सहकारीको विषयमा स्थानीय तहले हेर्ने भएकाले पोखरा महानगर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist