Thursday, November 14, 2024

आजको मिति: २०८१ कार्तिक २९ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
गण्डकी प्रदेश महोत्सव : समीक्षालाई दर्शकको साथ
Singles Day: एकल जीवनको उत्सव र आफैलाई माया गर्ने अवसर
Next
Prev

काठमाडौं क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १०० दिने अभियानको समीक्षा बैठक सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री 
काठमाडौं, २०८१ कार्तिक २० – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले १०० दिने अभियानलाई सफलतापूर्वक अघि बढाउन क्षेत्रीय बैठक सम्पन्न गरेको छ। बैठकमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व महामन्त्री, पूर्व गृहमन्त्री, र राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाको उपस्थिति रहेको थियो भने विशेष अतिथि काठमाडौं जिल्ला सभापति कृष्ण बानिया (सवुज) थिए।


बैठकमा पार्टीको १०० दिने अभियानको प्रमुख आकर्षणका विषयमा छलफल गरिएको थियो। अभियानका क्रममा वडा तहसम्म पार्टीलाई सक्रिय बनाउने, नागरिकका मुलभूत समस्याको समाधान खोज्ने, र सक्रिय सदस्यहरूको नवीकरणमा जोड दिनुपर्ने विषयमा विशेष छलफल भएको थियो।


बैठकमा संविधानसभा सदस्य दीपक कुइकेल, नगरप्रमुख उपेन्द्र कार्की, पार्टी काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर सभापति, इकाई सभापति तथा भ्रातृ संगठनका केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए। भ्रातृ संगठनको तर्फबाट नेपाल महिला संघ काठमाडौं क्षेत्र नं. २ की सभापति अमला थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेल, र नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य सन्तोष चौलागाईले पनि आफ्नो विचार प्रस्तुत गरेका थिए।


प्रमुख अतिथि सिटौलाले १०० दिने अभियानमा पार्टीका सम्पूर्ण तह र तप्काले पूर्ण सक्रियता देखाउँदै अभियानलाई सफल बनाउने निर्देशन दिएका छन्। विशेष अतिथि बानियाले पनि अभियानलाई उद्देश्यअनुरूप सफल बनाउन सबै क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरे।


बैठक क्षेत्रीय सभापति कविर शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

गण्डकी प्रदेश महोत्सव : समीक्षालाई दर्शकको साथ

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist