Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

कार्कीनेटा सम्पर्क समाजको वार्षिक भित्तेपात्रो विमोचन

Share on facebook
Share on twitter
Share on linkedin

कार्कीनेटा सम्पर्क समाज पोखराको वार्षिक भित्तेपात्रो २०८० मंगलबार विमोचन भएको छ ।


नयाँ वर्षको उपलक्ष्यमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम समाजका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्र शर्माले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्कीनेटा सम्पर्क समाज पोखराले समाजिक रुपमा गरेका कार्यहरुप्रति खुसी व्यक्त गरेका थिए । उनले भने “कार्कीनेटा जन्मथलो भई पोखरा कर्मथलो बनाएर बस्दै र काम गर्दै आएका छौं, जन्मथलोको माया भएको हुँदा केही गर्न सक्छौं भने विभिन्न कार्यक्रम लैजान सकिन्छ, केही प्रयास हरु भएका छन् अझ अगाडि बढाउन सबै लागौं, अघिल्ला कार्यहरु प्रति खुसी लागेको छ, हातेमालो गरेर अगाडि बढौं ।”


त्यसैगरी कार्कीनेटामा रहेका वासिन्दाहरुको लागि त्रैमासिक रुपमा १ पटक स्वास्थ्य शिविर लैजाने र आर्थिक अवस्था कमजोर भएका विरामीहरुको लागि निःशुल्क उपचारको व्यवस्था गर्ने कार्यक्रम आफ्नै नेतृत्वमा ल्याउने योजना रहेको उनले भने ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्कीनेटा सम्पर्क समाजले गर्दै आएको आकस्मिक सहायताकोषलाई अझ व्यवस्थित बनाउनको लागि नियमावली बनाउन लागिएको समेत जानकारी गराएका थिए।


त्यसैगरी समाजका अध्यक्ष केशव घिमिरेले वार्षिक भित्तेपात्रोमा अत्यावश्यक फोन सम्पर्क डायरी समेत समावेश भएको हुँदा एतिहासिक दस्तावेजको रुपमा काम गर्ने बताए । उनले कार्कीनेटावासीहरु ईमान्दार र सहयोगी भएको हुँदा समाजसेवा केन्द्रीत योजनालाई थप गरि निरन्तर लैजान सक्ने कार्यक्रमहरु अगाडि बढाइने जानकारी गराएका थिए ।


सल्लाहकार गोविन्दप्रसाद शर्माले सम्पर्क समाजलाई अगाडि बढाउन गरेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समाजले कार्कीनेटा वडा केन्द्रीत अझ थप नयाँ कार्यक्रम गर्न सकेमा विकासको क्षेत्रमा समेत अहम भूमिका निर्वाह गर्न सक्ने बताए ।


सल्लाहकार उषा शर्मा, सीता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बरिष्ठ उपाध्यक्ष हरिप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव धनप्रसाद पाध्याले सञ्चालन गरेको कार्यक्रम केशव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist