Thursday, February 19, 2026

आजको मिति: २०८२ फाल्गुन ७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
Next
Prev

कास्कीमा मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने मनोज गुरुङको प्रतिबद्धता

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले कास्कीमा सुविधासम्पन्न मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी संकल्पमा यो विषयलाई प्राथमिकताका साथ उठाएका छन्।गत वर्ष भ्रमण वर्ष उद्घाटनका क्रममा आगलागी हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरामा मेयर धनराज आचार्य गम्भीर घाइते भएका थिए । त्यसैबेलादेखि पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको चर्चा चलिरहेको छ। पोखरा महानगरपालिकाको प्रयासमा आइएनएफ अस्पताल (हरियोखर्क अस्पताल) मा ‘बर्न युनिट’ अर्थात् जलन उपचार सेवा शुरू भएको छ ।


यसले प्रारम्भिक उपचारमा सहयोग पुर्याए पनि पूर्णरूपमा सुविधासम्पन्न बर्न अस्पतालको आवश्यकता अझै रहेको उनको भनाइ छ।कांग्रेस उम्मेद्वार गुरुङ संकल्पमा भनेका छन्, ‘कास्कीमा विशेषज्ञ सेवासहितको सुविधासम्पन्न मुटु, बर्न र बाल अस्पतालको आवश्यकता रहेको उल्लेख गर्दै यसको स्थापनाका लागि आवश्यक पहल गर्नेछु।’उनले पोखरालाई गण्डकी प्रदेशकै स्वास्थ्य केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर आवश्यक बजेट र संरचना जुटाउने बताए।उनले स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दीर्घकालीन योजना आवश्यक रहेको पनि उल्लेख गरे।


स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध भएमा बिरामीलाई राजधानी धाउनुपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ।मतदाता भेटघाट तीव्रउम्मेद्वार गुरुङ आफ्नो निर्वाचन क्षेत्रका मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। सोमबारदेखि पोखरा क्षेत्रमा केन्द्रित रहेका गुरुङले बुधबारसम्ममा वडा नं १ र २ मा अभियान सम्पन्न गरेका छन् । उनी बिहीबार वडा नं ३ मा केन्द्रित हुनेछन्। उनले पोखरा–३ मा सम्पर्क कार्यालय उद्घाटनसमेत गरेका छन्।यसअघि उनले कास्कीको अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका अधिकांश स्थानमा आफ्नो चुनावी अभियान सम्पन्न गरेका छन् ।


मतदाताको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनले बताएका छन्।उनले कांग्रेस अब सच्चिएर अघि बढेको दाबी गरेका छन्। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी रूपान्तरणको बाटोमा हिँडेको उल्लेख गर्दै उनले “रूपान्तरित कांग्रेस” ले जनताको चाहना र समयको मागअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


उम्मेद्वार गुरुङले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे।‘जनप्रतिनिधि भएपछि निष्पक्ष र इमान्दार ढंगले काम गर्ने, सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिने तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नेर्छौँ’, उनको अठोट छ।उनले विगतका अनुभवबाट सिकेर असल कर्ममा निरन्तर लागिरहने प्रतिवद्धता पनि जनाए। ‘जनताको विश्वास जित्नु नै मेरो पहिलो जिम्मेवारी हो’, उनले भने, ‘म सदैव जनताको सेवामा समर्पित रहनेछु।


’स्थानीयले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा आफ्ना चासो राखेका थिए। उम्मेद्वार गुरुङले ती सबै मुद्दालाई आफूले प्राथमिकता दिने प्रतिवद्धता जनाए।समानुपातिक उम्मेद्वार आइबहादुर नेपालीले दलित, उत्पीडित र जनजाति समुदायको अधिकार सुनिश्चिततामा कांग्रेसको भूमिका अग्रणी रहेको दाबी गरे ।स्थानीय तहका वडा–वडामा दलित प्रतिनिधित्वको कानूनी व्यवस्था कांग्रेसकै पहलमा सम्भव भएको उनको जिकिर थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist