Thursday, October 9, 2025

आजको मिति: २०८२ आश्विन २३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
जैमिनि–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन
Next
Prev

कृषि ज्ञान केन्द्र मुस्ताङद्वारा फलफूल बगैचा व्यवस्थापनका लागि किसानलाई अनुरोध

Share on facebook
Share on twitter
Share on linkedin

कृषि ज्ञान केन्द्र, जोमसोम मुस्ताङले जिल्लाभरका कृषकहरूलाई फलफूल बगैचाको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ। केन्द्रले जारी गरेको अनुरोधपत्रमा फलफूल बगैचामा सरसफाई, बोटको काँटछाँट तथा तालिम, समयमै सिंचाई, उचित मलखाद, विषादी र सूक्ष्म खाद्यतत्वको प्रयोगजस्ता कृषि कार्यहरू निर्धारित समयमा सम्पन्न गर्न सुझाव दिएको छ।


कृषि ज्ञान केन्द्रका अनुसार यस्ता व्यवस्थापन कार्य समयमै गरेमा रोग–कीराको प्रकोप घट्ने, उत्पादन वृद्धि हुने र फलको गुणस्तर पनि उच्च हुने बताइएको छ। केन्द्रले “फलफूल बाली बगैंचा व्यवस्थापन वार्षिक तालिका” अनुसार बगैंचा व्यवस्थापन गर्न किसानहरूलाई हार्दिक अनुरोध गरेको छ।


त्यसैगरी, केन्द्रले नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू साथै सम्पूर्ण कृषक वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist