Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो ।


पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति सफल कृषक समूहले २० हजार र तृतीय हुने तनहुँको बेदकालिका कृषक समूहले १० हजारसहित प्रमाण प्राप्त गरे


प्रतियोगितामा लमजुङको मेन्दो कृषक समूह राईनास नगरपालिका वडा नम्बर–३ र पर्वतको विहादी आईपिएम कृषक समूह विहादी गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरे ।


सान्त्वना स्थान प्राप्त गर्ने दुबै समूहले ५÷५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिम्सिना, कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मी, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, समाचार प्रमुख तथा कार्यक्रम संयोजक घनश्याम पाण्डेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।जिल्ला जिल्लाबाट छनौट गरेर ग्राण्ड फिनालेका लागि कृषक समूहहरुलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रको समन्वयमा पोखरा बोलाइएको थियो ।


प्रतियोगिताको ग्राण्ड फिनालेको शनिबार गण्डकी प्रदेको सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो । कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य पोखरा टेलिभिजनका माधव पनेरुले राख्नु् भएको थियो भने स्वागत गीत कृषि विकास निर्देशनालय र कृषि तथा भुमिब्यवस्था मन्त्रालयका महिला कर्मचारीहरुले तीजको गीत मार्फत राख्नु भएको थियो


प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक घनश्याम पाण्डेले गर्नुभएको थियो भने प्रतियोगितामा निर्णयकमा संगितकार नवराज बराल,शान्ति डोटेल, कृष्ण अकेली र विनोद शर्मा रहनु भएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist