✍️ विवेक न्याैपाने
काठमाडौं, कात्तिक ९ – सञ्चार, सूचना तथा प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङको मन्त्रीस्तरीय निर्णयअनुसार केशवशरण लामिछानेलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरिएको छ।
लामिछानेको यस नियुक्तिलाई सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले स्वागत गरेका छन् र यो प्रेस स्वतन्त्रता, पत्रकारिता मर्यादा र सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
लामिछानेले पत्रकारितामा लामो समयदेखि संलग्न रहँदै नेपाली पत्रकारितालाई जिम्मेवार, व्यावसायिक र समाजोपयोगी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नियुक्ति पछि प्रेस काउन्सिलले नेपाली सञ्चार क्षेत्रको सुधार र विकासमा थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।
उनको सफल कार्यकालका लागि धेरैले शुभकामना दिएका छन्।