✍️ अजय क्षेत्री
काठमाडौं – कोटेश्वरबाट अपहरण गरी ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी गर्भवती महिलाको प्रहरीले सकुसल उद्धार गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार वैदेशिक रोजगारीका लागि लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई अपहरण गरी बन्धक बनाइएको थियो।
पीडित महिलालाई काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलस्थित एक घरमा बन्धक बनाइएको खबर पाएपछि प्रहरीले छापा मारी उनलाई सकुसल उद्धार गरेको हो। अनुसन्धानका क्रममा महिलालाई वैदेशिक रोजगारीका लागि पठाउने प्रक्रिया अघि बढाउन रकम लिइए पनि सो रकम फिर्ता नदिएपछि यस्तो घटना घटेको खुलेको छ।
प्रहरीले यस घटनामा संलग्न अभियुक्तहरूको खोजी कार्यलाई तीव्र बनाएको छ भने महिलालाई सुरक्षित अवस्थामा राखिएको छ। थप अनुसन्धान भइरहेको छ।