क्यानडा, – मनवी स्टुडियोको प्रस्तुतिमा आउँदै गरेको कार्यक्रम ‘Walk and Talk’ ले दर्शकहरूलाई प्रेरणादायी र जानकारीमूलक यात्रा गराउँदै आएको छ। यस कार्यक्रमकी होस्ट मनिषा भट्टराईले छोटो समयमै क्यानडामा पनि आफ्नो छुट्टै पहिचान बनाउँदै सफलताको नयाँ उचाइ चुम्न सफल भएकी छिन्।
मनिषाको होस्टिङ यात्रा बाल्यकालमै सुरु भएको थियो। विद्यालयका कार्यक्रममा एंकरिङ गरेर उनले आफ्ना बोल्ने क्षमता र आत्मविश्वासलाई निखारिन्। स्वास्थ्य सेवामा योगदान दिँदै गर्दा पनि उनी सार्वजनिक बोलिका क्षेत्रमा निरन्तर सक्रिय रहिन्।
क्यानडामा आएर पनि उनले आफ्नो यो यात्रालाई निरन्तरता दिएकी छिन्। केवल १.५ वर्षअघि क्यानडा प्रवेश गरेकी मनिषाले विद्यार्थी जीवन बिताउँदै मनवी स्टुडियोसँग सहकार्य गरी ‘Walk and Talk’ कार्यक्रम सुरु गरिन्। छोटो समयमै उनले दर्शकहरूबाट अपार माया र समर्थन पाएकी छिन्।
“क्यानडामा आएर पनि सार्वजनिक बोलिका क्षेत्रमा आफूलाई स्थापित गर्न पाउनु मेरो लागि गर्वको कुरा हो। दर्शकहरूको माया र समर्थनले मलाई अझ धेरै गर्न हौसला दिएको छ,” मनिषाले भनिन्।
मनवी स्टुडियोको यो कार्यक्रम चाँडै नै सार्वजनिक हुँदैछ। प्रेरणादायी यात्रा र नयाँ सोचको अनुभवका लागि ‘Walk and Talk’ कार्यक्रम नछुटाउन सबैलाई निमन्त्रणा गरिन्छ।