Sunday, March 15, 2026

आजको मिति: २०८२ चैत्र १ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
Next
Prev

क्षत्री समाज नेपाल मादी गाउँपालिका समितिको पाँचौँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Share on facebook
Share on twitter
Share on linkedin

क्षत्री समाज नेपाल मादी गाउँपालिका समिति, कास्कीको पाँचौँ अधिवेशन तथा वार्षिक साधारण सभा आज मिति २०८२ माघ १३ गते मंगलबार मादी गाउँपालिकाको चित्रे गाउँमा सम्पन्न भएको छ।



अधिवेशनको पहिलो चरणको बैठक क्षत्री समाज नेपाल मादी गाउँपालिका समितिका अध्यक्ष महेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सचिवको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरिएपछि अध्यक्ष भण्डारीले आफ्नो अध्यक्षतामा गठित समितिलाई विघटन गरेका थिए।



त्यसपछि सम्पन्न दोस्रो चरणको अधिवेशन बैठक क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। जिल्ला समितिद्वारा अधिवेशन सम्पन्नका लागि तोकिएका संयोजक सन्दीप थापाको संयोजनमा सम्पन्न अधिवेशनबाट मादी गाउँपालिका–५ का रामजी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।



नवगठित समितिको उपाध्यक्षमा सूर्य बहादुर के.सी., सचिवमा गीता पहारी, कोषाध्यक्षमा सुनिता रिमाल के.सी. चयन भएका छन्। त्यस्तै सदस्यहरूमा क्रमशः रेखा के.सी., सूर्य बहादुर थापा र पार्वती जि.सी. चयन भएका छन्।



नवगठित समितिका पदाधिकारीहरूलाई क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीकी महिला उपाध्यक्ष अर्चना बस्नेत रोकाहाले शपथ ग्रहण गराएकी थिइन्। कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष दिल बहादुर अधिकारीले नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समग्र मादी गाउँपालिकालाई समेट्ने गरी थप पदाधिकारी मनोनयन गरी संस्थालाई अझ सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गरे।



कार्यक्रममा जिल्ला कोषाध्यक्ष सन्दीप थापा, जिल्ला सचिवालय सदस्य राम बहादुर क्षत्री, गणेश कुवँर, लक्ष्मी के.सी. अधिकारी, निवर्तमान जिल्ला सह–सचिव शेरजंग अधिकारी, जिल्ला सदस्य पार्वती बस्नेत तथा हिरा भण्डारीलगायतको उपस्थिति रहेको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist