पोखरा । गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ ।
सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन (कप्तान), २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर राना, उचित रिमाल, भोला विन, तुल बहादुर थापा, टेक बहादुर राना, सुभम शाक्य र विष्णु केवत रहेका छन् ।
त्यसै गरी टिम प्रशिक्षकमा सन्दिप पन्त र व्यवस्थापकमा बिक्रम थापा रहेका छन् ।
खेलाडीहरु प्रस्थान गर्नु अधि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठक, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश कबड्डी संघका सचिव हरि जिशीलगायतले जितको शुभकामना दिंदै बिदाई गरेका थिए ।