गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले नयाँ बर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको ।शनिवार एशोसिएसनले पोखरामा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन र सीप परिक्षण गरेकाहरुलाई प्रमाणपत्र बितरण गरेको संयोजक अमृत तिमिल्सिनाले बताए ।
कार्यक्रममा लाईट इन्जिन मेकानिक्सको लेभल २ को सिटिइभिटीबाट तालिम पुरा गरेका १० जनालाई प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै सिटिइभिटी गण्डकी प्रदेश सह–प्रबन्धक जिवन भण्डारीले सीप परिक्षण पश्चात दक्ष भएकाहरुलाई बधाई दिए । उनले सीप परिक्षणको इतिहास र महत्व माथि प्रकास पारेका थिए । मेकानिकल वक्र्समा आवद्ध सबैको सीप परिक्षण हुनु पर्ने उनको धारण रहेको बताउदै एशोसिएसन सगँको सहकार्य आगामि दिनमा निरन्तर रहने बताए ।
एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले सीपमूलक जनशक्ति उत्पादन र व्यवसायिक मर्यादा कायम राख्न संस्था निरन्तर सक्रिय रहेको बताएका छन्। अधिकारीले सिटिइभिटी सँगको सहकार्य फलदायी भएको बताए । कार्यक्रममा सहभागीहरुलाई नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै उनले आगामी दिनमा संस्था अझ सशक्त र प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
संस्थाका प्रेस सल्लाहाकार कृष्ण थापाले श्रमजिविहरुको संस्था गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसन भएको बताए । उनले दुख सुख्खमा सारथि बन्दै संस्था अगाडि बढेकोमा प्रशंसा गर्दै सीप परिक्षणबाट दिक्षित हुनेहरुलाई बधाई दिदै सीपले मानिसलाई दक्ष बनाउने हुदा त्यो अवसर एशोसिएसनले प्रदान गरेको उल्लेख गरे ।
संस्थाका कानुनी सल्लाहकार माधव प्रसाद वास्तोलाले संस्थाले गरेका कामको प्रशंसा गरे । सीप विकास प्रशिक्षक कुन्दन शर्माले तालिमको महत्व बुझेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थय सल्लाहकार रविन्द्र श्रेष्ठ,सीप विकास प्रशिक्षक कुन्दन केसी, निर्वतमान अध्क्षय सन्तोष कुमार मिश्र, पूर्व अध्क्षयहरु कुल बहादुर नेपाली,सानुमान जलारी लगाएत कार्यसमितिका पदाधिकारीको कार्यक्रममा सहभागिता रहेको थियो ।
















