Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने,रिठ्ठेपानीमा नयाँ भवन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजलाई स्थानान्तरण गरिने भएको छ । पोखरा २७, रिठ्ठेपानीमा नयाँ भवन बनाएर मेडिकल कलेज स्थानान्तरण गर्न लागिएको हो । रिठ्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएकोमा दुवै भवनको बुधबार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरेका छन ।


उनले पोखरामा बढ्दै गएको जनघनत्व मध्यनजर गरेर लेखनाथमा कलेज स्थानान्तरण गर्न लागिएको बताए । ‘हामी नयाँबजारबाट रिठ्ठेपानीमा कलेज सार्न लागेका छौं । नयाँबजारमा अब पठनपाठन हुँदैन । अस्पताललाई अरु व्यवस्थित गरेर चलाउँछौं,’ उनले भने, ‘टिचिङ अस्पताल र शैक्षिक भवन पूर्ण रुपमा लेखनाथ सार्न लागिएको हो । नयाँबजारमा सिटी अस्पताल मात्रै चल्छ छ ।’


उनले गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रकै अग्रणी र जिम्मेवार संस्था रहेको दाबी गरे । ‘शैक्षिक र स्वास्थ्यका हिसाबले गण्डकी कमजोर नै छ । यहाँका दूरदराजका बिरामीले असाध्य रोगको उपचारका लागि काठमाडौं र विदेश धाउनुपर्ने बाध्यता नभएको होइन,’ अघि भने, ‘हाम्रो ग्रुपले बिस्तारै यसको अन्त्य गर्दैछ । कलेजलाई अझै बिस्तार गर्न गइरहेका छौं र अत्याधुनिक प्रविधिबाट उपचार गर्ने गरी प्रक्रिया अघि बढाएका छौं ।’


नेपालको मेडिकल शिक्षा विश्वमै अब्बल रहेको उनले बताए । ‘नेपालको चिकित्सा शिक्षा विश्वमा अब्बल नै छ तर सरकारी नीति व्यवहारिक छैन । सरकारी नीति सुधार भयो भने भविष्य अझै राम्रो छ,’ अर्यालले थपे, ‘समग्र पश्चिम नेपालको स्वास्थ्य सेवा सुरक्षित गर्ने पहलमा हाम्रो ग्रुप लागेको छ । मेडिकल एजुकेसन र स्वास्थ्य सेवामा केन्द्रित छौं ।’


अर्यालसहित सहभागी रहेका सञ्जीवनी ग्रुपले भैरहवाबाट पोखरामा मेडिकल कलेज सञ्चालन गर्न थालेको हो । केही समयअघि नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर अस्पतालमा पनि उपस्थिति जनाएको थियो । नयाँ बन्ने अस्पताल भवन ७ सय ५० बेडको बन्नेछ । हाल ५ सय ५० बेडको स्वीकृति रहेको अस्पतालमा शैय्या थप गर्न प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए । भवन निर्माणमा करिब ३ अर्ब लागत अनुमान गरिएको छ । सोही ठाउँ नजिकै अत्याधुनिक शैक्षिक भवन पनि शिलान्यास भएको छ । भवन १ अर्ब लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।


२०६४ सालमा स्थापना भएको टिचिङ अस्पतालबाट हालसम्म एमबिबिएस र बिडिएसतर्फ ६ सय ५९ जना र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ २ सय २१ जना, एमडी, एमएस तथा एमपिएचमा ५० जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् । संस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १ हजार २ सयभन्दा बढीले रोजगारी पाएका छन् भने अस्पतालबाट बर्सेनि २ लाख बिरामीले उपचार सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ । हालसम्म अस्पतालको भौतिक संरचनामा मात्रै ५ अर्बभन्दा बढी लगानी गरिसकेको श्रेष्ठले बताए । अस्पतालबाट सरकारले सञ्चालन गरेका निशुल्क सेवाहरु, भूतपूर्व भारतीय सैनिकको इसिएचएस, कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई विशेष छुट दिइएको र विभिन्न संघसंस्थासँग सहकार्यमा सुलभ सुविधा उपलव्ध गराइएको उनले बताए ।


अस्पतालले नेपाल पत्रकार महासंघ, कास्कीसँग पनि सहकार्य गरेको छ । पत्रकारलाई विशेष छुटको व्यवस्था गरिएको छ । अस्पतालबाट ब्लड बैंक, एमआरआई, सिटी स्क्यान, क्याथ ल्याबजस्ता सेवा प्रदान भइरहेको प्रमुख कार्यकारी अधिकृत डा. श्रेष्ठले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist