Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

गण्डकी विश्वविद्यालयमा छात्रवृत्ति अध्ययन गर्न चाहने विधार्थीका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, १० साउन/ पोखरा विश्वविद्यालयले छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो सङ्ख्यामा दरखास्त आव्हान गरेको छ । अनलाइन विधिबाट दरखास्त दिनसक्ने गरी विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरेको हो । विश्वविद्यालयमा सञ्चालित स्नातकतहका विभिन्न कार्यक्रममा १ हजार २ सय ९९ कोटाका लागि छात्रवृत्ति खुलाएको हो ।


विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत सञ्चालित बिइ कम्प्यूटर, बिइ आर्किटेक्चर, बिइ सिभिल, बिइ सिभिल (रूरल), बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बिइ इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन, बिइ सफ्टवेयर, बिइ आइटी र बिइ सिभिल डिप्लोमा होल्डर्स, बिसिए र बिएस्सी इन्भायोरोन्मेन्ट कार्यक्रममा ४ सय ९० सिट रहेको छ । त्यसै गरी व्यवस्थापन सङ्काय अन्तर्गत सञ्चालित बिबिए, बिबिए (फाइनान्स), बिसिएस आइटी, बिएचसिएम, बिएचएम र बिबिए टीटी कार्यक्रममा कुल ७ सय ७० सिट रहेको छ ।


मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सञ्चालित बिडेभ्स, बेड, बिइसिएस र बिएएलएलबी कार्यक्रममा कुल ३९ सिटका लागि दरखास्त आव्हान गरेको छ । विश्वविद्यालयले हालै विश्वविद्यालयका विभिन्न महाविद्यालयहरूमा कार्यक्रम र सेक्सन थप गरेकोले उल्लेखित छात्रवृत्ति कोटा अझै बढ्ने देखिएको विश्वविद्यालयका सूचना अधिकारी लोकनाथ ढकालले बताए । विश्वविद्यालयले आङ्गिक महाविद्यालयमा कुल विद्यार्थी भर्ना कोटाको २० प्रतिशत र सम्बन्धन प्राप्त महाविद्यालयहरूमा कुल विद्यार्थी भर्ना कोटाको १० प्रतिशतका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको उनले बताए ।


पोखरा विश्वविद्यालय छात्रवृत्ति नियमावली २०६५ अनुसार विश्वविद्यालयले स्थानीय छात्रवृत्ति र पोखरा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी सन्तति छात्रवृत्तिको कोटा बाहेक ६० प्रतिशत कोटा खुला र ४० प्रतिशत कोटा अपाङ्ग, सहिद तथा जनआन्दोलन घाइते पीडित, दुर्गम, दलित, जनजाति र मधेसी समुदायलाई सुरक्षित गरेको छ । जसमध्ये खुला र आरक्षित दुवै प्रकारका छात्रवृत्ति कोटामा महिलाहरूका लागि ५०÷५० प्रतिशत छात्रवृत्ति कोटा सुरक्षित रहनेछ ।


विश्वविद्यालयले उपलब्ध गराउने निःशुल्क छात्रवृत्ति कोटामा नियमानुसार सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसईई वा एसएलसी उत्तीर्ण गरेका र छात्रवृत्ति छनौंट प्रवेश परीक्षामा समेत सफल भएका उम्मेदवारहरूलाई तेस्रो चरणको छात्रवृत्ति वितरण गरिसकेपछि पनि कोटा रिक्त रहन गएमा सार्वजनिक विद्यालय (कक्षा ६ देखि १० सम्म अध्ययन गरेका बाहेक) र संस्थागत विद्यालयमा अध्ययन गरि एसईई वा एसएलसी उत्तीर्ण गरेका उम्मेदवारहरूलाई समेत योग्यताक्रमका आधारमा छात्रवृत्ति उपलब्ध गराइने उनले बताए ।


विश्वविद्यालयले छात्रवृत्तिका लागि २०८१ श्रावण ९ गतेदेखि श्रावण ३० गते बुधबारसम्म अनलाइन मार्फत दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि विज्ञान तथा प्रविधि सङ्कायका कार्यक्रमको समूह क का लागि २०८१ भाद्र ७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म र समुह ख का लागि सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म परीक्षा तोकिएको छ ।


त्यस्तै व्यवस्थापन सङ्कायका कार्यक्रमको लागि २०८१ भाद्र ८ गते बिहान ८ बजेदेखि ११ बजेसम्म र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका कार्यक्रमका लागि सोही दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म परीक्षा तोकिएको छ । पोखार–३०, ढुङ्गेपाटनमा अवस्थित विश्वविद्यालयको प्राज्ञिक कम्प्लेक्समा परीक्षा सञ्चालन हुनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist