चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै गलकोट बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) का उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन अपिल गरिएको छ।
स्ववियु निर्वाचनका लागि ने.वि.संघले प्रत्यक्ष तर्फ निम्न उम्मेदवारहरूको टिम प्रस्तुत गरेको छः
अध्यक्ष: रेनुका परियार
सचिव: मेनुका न्यौपाने
कोषाध्यक्ष: अमृत सापकोटा
सदस्य:सुनिता सापकोटा,विवेक गैरे
ने.वि.संघका उम्मेदवारहरूले विद्यार्थी अधिकार, क्याम्पस विकास तथा शैक्षिक गुणस्तर सुधारका एजेन्डाहरूलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन्। उनीहरूले विद्यार्थीहरूलाई सुलभ शिक्षण वातावरण, पारदर्शी प्रशासन र विभिन्न सुविधाहरूको सुनिश्चितता गर्ने बताएका छन्।
सम्बन्धित सबै विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासमा सहभागी भई ने.वि.संघलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरिएको छ।