Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याउने गर्नुभएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको छ ।



यस वर्ष उहाँका बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन् भने माइतीको झल्को आउने अन्तिम तयारीमा छ ।
समाजका कथा, व्यथा र पीडालाई जीवन्त रुपमा आफ्ना गीतका माध्यमबाट प्रस्तुत गर्दै आउनुभएकी वाग्लेका गीतमा देशको सीमा, देशको रक्षाका लागि लडेका नेपाली योद्धाको चर्चासँगै पछिल्लो समय देशको सीमा मिचिएको लगायतका विषय उल्लेख गरिएको छ ।



देशभक्ति शीर्षकको गीतको सुरुको टुक्कामा नै उहाँले भन्नुभएको छ,
“आजसम्म गाइयो गीत सत्ताको र शक्तिको ।
यो तीजमा गाउँछु गीत देशभक्तिको ।।”
देशको रक्षाका लागि पुर्खाले गरेको बहादुरी प्रति गर्व गर्दै उहाँ गीतमा भन्नुहुन्छ ।
“नालापानी युद्ध लडी देश बचाए पुर्खाले ।
जतन गर्न सकेनौ च्यापे अर्काले ।।
तत्कालीन समयमा नेपालीहरू एकजुट भएर शत्रु पराजित गरेको र सामन्य रुपमा जीवनयापन गरेको प्रसङ्ग उल्लेख गर्दै भन्दै उहाँले,
“शत्रु पराजित गरे दाजुभाइ मिलेर ।
भोकलाग्दा पानी सँग सातु लिएर ।।
राष्ट्रियता राष्ट्र प्रति सधैं भलो चिताए ।
कछाड र कमेजमा रात विताए ।।” भन्नुभएको छ ।
देशका लागि स्वार्थ रहित ढंगले बहादुरी साथ लडेको भन्दै गीतमा
“बहादुरी साथ लडे स्वार्थमा कहीँ चुकेनन् ।
देशका लागि कति रोए कतैं झुकेनन् ।।
आज भाइभाइ लडे दोस्रो पक्ष हाबी भो ।
चारैतिर सिमानामा उनकै दाबी भो ।।”
भुठा आस्वासन र एक अर्कामा गाली गलौजले देश विकास नहुने भन्दै उहाँले,
“सडक सदन चोकचोकै झुटो भ्रम छर्दैमा ।
हुन्न विकास विपक्षीलाई गाली गर्दैमा ।।” भन्नुभएको छ । उहाँका यी गीत उहाँ स्वयम्को ‘चन्द्रावती वाग्ले’ नामक युटुव च्यानलमार्फत गीतसहितको म्युजिक भिडियो हेर्नसकिन्छ ।
शब्द, स्वर र लय चन्द्रावती स्वयंको रहेको गीतको एरेन्ज कृष्ण पुनले, सम्पादन शिवराज भुर्तेलले गर्नुुभएको छ । गीतमा कोरस स्वर रुपी सिञ्जाली र प्रतिमा विश्वकर्माको भने म्युजिक भिडियोको मिक्सिङ साजन शाहले गर्नुुभएको छ । वसन्त चालिसेको निर्देशन रहेको गीत म्युजिक बैंकमा रेकर्ड गरिएको हो ।



गीतको म्युजिक भिडियोमा वसन्त चालिसे, दीपेन्द्र कार्की, बुद्धिसागर खनाल, शिव त्रिपाठी, मुक्तिप्रसाद रेग्मी र ढुुण्डीराज ज्ञवालीको मुख्य अभिनय रहेको छ । श्रृंगार सुरेश भुर्तेल, छयांकन पनि शिव र सुरेश भुर्तेलले नै गर्नुुभएको छ ।



उनको ‘बालेन’ नामको म्युजिक भिडियो एक साता अघि सार्वजनिक भएको थियो । विभिन्न आठवटा टुक्कामा समेटिएको गीतमा काठमाडौं महानगरप्रमुख बालेन शाहले थालेका विकास निर्माणका बारेमा चर्चा गर्दै राम्रा कामहरू सबैका लागि अनुकरणीय हुने उल्लेख गरिएको छ । काठमाडौंमा लुटिएका जमिनहरूको सरकारीकरण र साँघुरा बाटाहरू फराकिलो पारिएको भन्दै गीतमा,
“लुटिएका कैयौं जमिन सरकारमा सार्दैछन् ।



साँघुरा ति सडक पेटी चाक्ला पार्दैछन् ।।” उल्लेख छ ।
प्रत्येक वर्ष नयाँ नयाँ गीतका साथ देखिने वाग्लेले अघिल्लो वर्ष कृषि प्रधान देश, फेरी पनि आयो तीज मन दुखाउन शीर्षकका गीत ल्याउनुुभएको थियो ।



पहिलोपटक वि.संं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेका यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुुभएको छ । साहित्यका अन्य विभिन्न विधामा समेत कलम चलाउँदै आउनुुभएकी वाग्लेका हरिश्चन्द्र शोककाव्य, जिन्दगीको बाटो मोडियो तीज गीत संग्रहका साथै पलपलका भावनाहरू कविता संग्रह प्रकाशन भैसकेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist