Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ८६ लाख

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन साउन १८ गते गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।


२०८०/८१ आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।


खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुदा बैंकको खुद नाफा बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.१०प्रतिशत बढेको छ र खुद फि तथा कमिसन आम्दानी पनि १९.९१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३९.८६ प्रतिशत बढेको छ ।


बैंकको निष्क्रिय कर्जा ३.१८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाख पुगेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा १२१.२२ प्रतिशत बढेको हुदा खुद नाफा पनि १ करोड ६४ लाखबाट बढेर ३ करोड ८६ लाख सम्म पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १८ पैसा बढेर ७ रुपैयाँ १८ पैसामा पुगेको छ ।


असार मसान्तसम्म ३ करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस विकास बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ । ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist