Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

घरभाडा घटाउन घरधनीहरुलाई सिटी रेवान पोखराको अपिल !

Share on facebook
Share on twitter
Share on linkedin

पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ ।


आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने बताए । एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएका छन्,उनले भने,‘त्यसैले व्यवसायी बचाउनका लागि घरभाडा आधा घटाऔं । यसो गर्यौं भनेमात्र व्यवसायी बचाउन सकिन्छ ।’ उनले घरभाडा नघटाउने हो भने व्यवसायीहरुले व्यवसाय छाड्नुपर्ने स्थिति आउने चेतावनी दिए ।


अध्यक्ष दिपक तिमिल्सिनाले पोखरा महानगर क्षेत्रका रेष्टुरेण्ट तथा बारहरुको अवस्था नाजुक रहेको बताए । कतिपय बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर त कतिपय घरभाडा तिर्न नसकेर व्यवसायी पलायन हुन थालेको उनको दाबी छ । उनका अनुसार हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेका छन् । झण्डै त्यति नै संख्यामा पलायन हुने स्थितिमा छन् ।


घरभाडा नघटाउने हो भने जेनतेन धानिएका ती रेष्टुरेण्ट तथा बारहरु असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुग्ने उनको चेतावनी छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist