Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक

Share on facebook
Share on twitter
Share on linkedin

चलचित्र “ए साथी सुन” को ट्रेलर सार्वजनिक भएको छ । जेठ ५ गते अल नेपाल रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । २ मिनेट २५ सेकेण्डको ट्रेलर साइराम पिच्चरस्को अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेमील भावना समेटिएको छ ।
सामाजिक विषयवस्तुलाई समेत प्रस्तुत गरिएको पाइन्छ । ट्रेलरमा सुशील पोखरेल, स्वर्गीय जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आयन खड्का, बिमला गिरी, रमेश अधिकारीलाई फिचर गरिएको छ ।
“ए साथी सुन” लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्र भएको निर्देशक राम राघव आचार्यले जानकारी गराए । ‘ए साथी सुन फरक धारको चलचित्र हो । नेपाली दर्शकको साथ राम्रो मिल्नेमा आशावादी छु ।’, उनले भने ।
चलचित्रमा कृष्मा खड्का र इभान सञ्जेल पनि बाल कलाकारको भूमिकामा देखिएका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो । बीना कार्की र सन्तोषकुमार राईले मिलेर चलचित्रको निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह—निर्मातामा ट्याम कटेल छन् ।
सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । यसअघि चलचित्रको शिर्ष गीत “ए साथी सुन” र स्याड भर्जनको लिरिकल गीत “मनले भन्छ” सार्वजनिक भइसकेका छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist