अजय क्षेत्री
चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको शाखा स्थापना भएको थियो
दिवस को अवसरमा शनिबार शुभकामना आदानप्रदानसँगै चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपबारे चर्चा भयो ।
संस्थापक अध्यक्ष सिग्देलले संघको गतिविधि प्रशंसनीय रहेको उल्लेख गरे । संघ स्थापना बेला पोखरामा चलचित्र पत्रकारिता नगण्य हुने गरेको स्मरण गर्दै उनले हाल आएर यसले बिस्तार रुप लिँदै आएको बताए । पोखराबाट प्रकाशित हुने पत्रपत्रिकामा मनोरञ्जन बिटलाई स्थान नदिनुु दुखद भएको उनको गुनासो गरे
निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बिटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकता औंल्याए । सिनेमा मार्फत विभिन्न मुद्दा उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमामार्फत पनि गर्न सकिने भनाइ उनको छ ।
सल्लाहकार सुरेश रानाभाटले संस्था आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका काम उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटन जाेडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाइ उनको छ ।
संघ अध्यक्ष प्रभू अधिकारीले कास्कीको चलचित्र पत्रकारिता बढावा दिँदै जाने उल्लेख गरे । सबैका सुझाव आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने उनले बताए ।
कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्व सहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्की सचिव धनबहादुर गुरुङ (सुमन) ले शुुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
सो अवसरमा संघले क्युुएफएक्स र मिडटाउन सिनेमा हलमा स्थापना गरेको रिभ्यूू बक्स खोलिएको छ । फिल्म हेरेपछि संकलित दर्शक प्रतिक्रिया लक्की ड्रमार्फत सार्वजनिक गरिएको हो । जसमा दुवैतर्फ गरी प्रथम, दोस्रो, तेस्रो र सान्त्वना घोषित भए ।
विजेतालाई सिनेमा हलतर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको संघले जनाएको छ ।