Saturday, December 27, 2025

आजको मिति: २०८२ पुष १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत
मर्दिसेति डट कमले ग¥यो खेलाडी सम्मान
Next
Prev

चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल चयन

Share on facebook
Share on twitter
Share on linkedin

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन्। संघको शनिबार सम्पन्न सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनले बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भएका छन्।



त्यसैगरी सदस्यहरूमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएका छन्। निर्वाचन समिति सदस्य तथा संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले उक्त जानकारी दिएका हुन्। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।



केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष तथा निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए।



साधारणसभाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका थिए। यसअघि गत भदौमा तय गरिएको अधिवेशन ‘जेन–जी आन्दोलन’का कारण स्थगित भएको थियो।



वि.सं. २०६० असार २२ गते स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्की शाखामा हाल ८६ जना सदस्य आबद्ध छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist