Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • जीवनशैली
  • समाचार
  • जीवनशैली
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

चितवनमा चार सवारीसाधन एकापसमा ठोक्किए, एकजनाको मृत्यु, २२ घाइते

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, १४ जेठ


चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारीसाधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार घाइतेमध्य ८ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको छ ।


गएराति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।


दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist