Thursday, February 6, 2025

आजको मिति: २०८१ माघ २४ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहनप्रति गृहको कारबाही, सिडिओ र एसपीको सरूवा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
चितवन – चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन हुँदा प्रशासनले कुनै हस्तक्षेप नगरेको आरोपपछि गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र प्रहरी प्रमुख (एसपी) भावेश रिमालको सरूवा गरेको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ बाहिरिएपछि सुरक्षा निकायले पुत्ला दहनलाई नरोकेको भन्दै गृह मन्त्रालयले दुवै अधिकारीहरूको स्थानान्तरण गरेको हो।


गृह मन्त्रालयका अनुसार, सार्वजनिक सुरक्षा र शान्ति सुरक्षामा गम्भीर लापरवाही भएको भन्दै यी दुई अधिकारीहरूलाई चितवनबाट अन्यत्र सरूवा गरिएको छ। मन्त्रालयले सुरक्षा निकायले समयमै हस्तक्षेप नगरेको कारणले स्थिति बिग्रन सक्ने सम्भावना औंल्याउँदै कडा कदम चालेको हो।


यस घटनापछि चितवनमा थप सुरक्षा सतर्कता अपनाइने बताइएको छ भने घटनाको पूर्ण विवरण गृह मन्त्रालयले माग गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist