Wednesday, March 12, 2025

आजको मिति: २०८१ फाल्गुन २८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

जन आदर्श माविको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ दिवस लम्साल
स्याङ्जा, फेदीखोला


फेदीखोला गाउँपालिकामा अवस्थित जन आदर्श माविको ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि रहनुभएको थियो।


कार्यक्रममा विशिष्ट अतिथि देऊ कुमारी गुरुङ, विशेष अतिथि वडा नं. ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेल, मानवमिलन अन्तर्राष्ट्रिय महिला सचिव सावित्री पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेल, समाजसेवी, शिक्षाप्रेमी, अक्षयकोषदाता, जग्गादाता, प्रतिष्ठित व्यक्तित्व, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


विद्यालयका शिक्षक खगिन्द्र प्रसाद सुवेदी र सहायक प्रधानाध्यापक बालकृष्ण सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक कलाधर तिमिल्सिनाले विद्यालयको शैक्षिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल विष्णुप्रसाद शर्मा पौडेलले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो।


कार्यक्रममा विद्यालयको अक्षयकोषका लागि हरिहर पराजुलीले रु १,११,१११, चन्द्रकान्त आचार्यले रु १,००,००० तथा अन्य दाताहरूले पनि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। यसैगरी, विद्यालयका पूर्व प्रधानाध्यापक, सक्रिय अभिभावक, अक्षयकोषदाता तथा शिक्षकहरू बालकृष्ण सुवेदी, पुण्यप्रसाद पौडेल, दुर्गादेवी सिंह शाही ठकुरी, राजकुमार जी.टी, हेमराज शर्मा सुवेदीलाई विशेष सम्मान प्रदान गरिएको थियो।


सांस्कृतिक प्रस्तुति तथा नाटकले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो। विद्यालय परिवारले कार्यक्रममा सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राखेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist