Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

जलस्रोत संरक्षण र सिँचाई सेवाको विकासमा जनसहभागिता आवश्यक : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लमजुङको अनुरोध

Share on facebook
Share on twitter
Share on linkedin

लमजुङ — उर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, लमजुङले सिँचाई सेवा, जलस्रोतको संरक्षण र दुरुपयोग नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको भन्दै अनुरोध सार्वजनिक गरेको छ।


कार्यालयले जनहितमा जारी गरेको सूचनामा कृषि योग्य भूमिमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराई उत्पादकत्व वृद्धि गर्दै समग्र अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य रहेको उल्लेख छ। साथै, जलाधार व्यवस्थापन र जलउत्पन्न विपदको न्यूनिकरण तथा व्यवस्थापनमार्फत आर्थिक र सामाजिक क्षति कम गर्न सकिने विश्वास व्यक्त गरिएको छ।


कार्यालयले ताल, बाँध, सिँचाई, नहर र नदी किनारमा एक्लै पौडी खेल्न नजान सल्लाह दिँदै यसले जनसुरक्षामा खतरा उत्पन्न गर्न सक्ने चेतावनी दिएको छ। यस्ता स्थानमा सतर्कता अपनाई आफैं सुरक्षित रहन आग्रह गरिएको छ।


त्यसैगरी, सिँचाई नहरको मापदण्डभित्र पर्ने जमिन, सरकारी संरचना तथा सम्पत्तिको दुरुपयोग र अतिक्रमण रोक्न सबै नागरिकले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने कार्यालयले स्मरण गराएको छ।


जलस्रोतको दीगो व्यवस्थापन, पूर्वाधारको संरक्षण र जनचेतनामूलक सहभागिताबाट मात्रै सिँचाई सेवा प्रभावकारी बनाउँदै कृषिमा आत्मनिर्भरता ल्याउन सकिनेमा कार्यालय आशावादी देखिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist