Saturday, April 19, 2025

आजको मिति: २०८२ बैशाख ६ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

जलस्रोत संरक्षण र सिँचाई पूर्वाधारको सदुपयोगमा सबैको सहकार्य अपरिहार्य : जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीको अनुरोध

Share on facebook
Share on twitter
Share on linkedin

कास्की, गण्डकी प्रदेश — गण्डकी प्रदेश सरकार अन्तर्गत उर्जा तथा जलस्रोत मन्त्रालयको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, कास्कीले सिँचाई तथा जलस्रोत पूर्वाधारको संरक्षण र उपयोगबारे जनचेतना अभिवृद्धि गर्दै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।


कार्यालयले सार्वजनिक गरेको सूचनामा कृषि योग्य भूमिमा वर्षैभरि सिँचाई सुविधा उपलब्ध गराई उत्पादन बढाएर समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य रहेको उल्लेख छ। जलाधार व्यवस्थापन र जलउत्पन्न विपद् न्यूनीकरणका माध्यमबाट आर्थिक तथा सामाजिक क्षति कम गर्न सकिने विश्वास पनि व्यक्त गरिएको छ।


सुरक्षाका दृष्टिकोणले ताल, बाँध, सिँचाई, नहर र नदी किनारमा एक्लै पौडी खेल्न नजान आग्रह गर्दै आफू पनि सुरक्षित रहन जनसाधारणलाई सतर्क रहन सुझाइएको छ।


साथै, सिँचाई नहरको मापदण्डभित्रको जमिन, सरकारी संरचना र सम्पत्तिको दुरुपयोग तथा अतिक्रमण नगर्न र यस्ता गतिविधि रोक्न सबै नागरिकको भूमिका महत्वपूर्ण हुने जनाइएको छ।


जलस्रोतको दीगो उपयोग र सिँचाई पूर्वाधारको संरक्षणमार्फत जलवायु अनुकूल कृषि प्रणालीको विस्तार तथा ग्रामीण जीवनस्तर उकास्न सकिने भएकाले नागरिक तहमा सजगता आवश्यक रहेको कार्यालयले जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist